News Portal

क्रिकेटर सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघको निर्णय

फरकपोस्ट संवाददातामाघ १७ पोखरा
२६० पटक
माघ १७ पोखरा

नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको अभियोग झेलिरहेका क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको एक सदस्यले जानकारी दिएका छन् ।

 

किशोरी बलात्कारको आरोप लागेपछि क्रिकेट संघले लामिछानेलाई गत २३ भदौमा निलम्बन गरेको थियो ।

२० असोजमा पक्राउ गरेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो । तर उच्च अदालत, पाटनले उनलाई २८ कात्तिकमा २० लाख धरौटीमा शर्तसहित रिहा गर्न आदेश दिएपछि उनी रिहा भएका हुन् ।
२९ कात्तिकमा उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

प्रतिकृया दिनुहोस्