News Portal

गाेरी माेटीमा चक्र बम र मुस्कान चौधरीकाे राेमान्स

फरकपोस्ट संवाददातामाघ १६ काठमाण्डाैं
९६५ पटक
माघ १६ काठमाण्डाैं

लाेकप्रिय गायक माेडल चक्र बमको प्रस्तुतिमा रहेको ‘गोरी मोटी’ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ।  गायक चक्र बमको शब्द सङ्गीत रहेकाे यस गीतमा पुनिता प्रिया र चक्र बमकै स्वर रहेको छ । गीतकाे म्युजिक एरेन्ज केशव बडूले गरेका हुन भने मिक्सिङ्ग श्याश्‍वेत रसाइलीले गरेका हुन भने गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे  । चक्रले सृजना गरेकाे शब्दलाई भोजपुरीमा अनुवादन अजय कुमारले गरेका हुन । गीतमा उमेश मुस्कान,कमल मगर र गोविन्द अनेकले सामूहिक स्वर दिएका छन् ।

गीतको म्युजिक भिडियोमा चक्र बम र मुस्कान चौधरीको दमाकेदार नृत्य रहेको छ भने उमेश मुस्कान र मनिष खड्कालाई समेत भिडियाेमा देख्न सकिन्छ।

नवराज उप्रेतीको छायाङ्कन, मौसम हिमालीको काेरियोग्राफी र निर्देशन रहेको यस गीतलाई मिलन विश्‍वकर्माले सम्पादन गरेका हुन। गीतको भिडियोलाई चक्र बमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीत सफल बनाेस् हामी शुभकामना दिन चाहान्छाैं ।

भिडियाे

प्रतिकृया दिनुहोस्