
लाेकप्रिय गायक माेडल चक्र बमको प्रस्तुतिमा रहेको ‘गोरी मोटी’ बोलको भोजपुरी गीत सार्वजनिक भएको छ। गायक चक्र बमको शब्द सङ्गीत रहेकाे यस गीतमा पुनिता प्रिया र चक्र बमकै स्वर रहेको छ । गीतकाे म्युजिक एरेन्ज केशव बडूले गरेका हुन भने मिक्सिङ्ग श्याश्वेत रसाइलीले गरेका हुन भने गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे । चक्रले सृजना गरेकाे शब्दलाई भोजपुरीमा अनुवादन अजय कुमारले गरेका हुन । गीतमा उमेश मुस्कान,कमल मगर र गोविन्द अनेकले सामूहिक स्वर दिएका छन् ।
गीतको म्युजिक भिडियोमा चक्र बम र मुस्कान चौधरीको दमाकेदार नृत्य रहेको छ भने उमेश मुस्कान र मनिष खड्कालाई समेत भिडियाेमा देख्न सकिन्छ।
नवराज उप्रेतीको छायाङ्कन, मौसम हिमालीको काेरियोग्राफी र निर्देशन रहेको यस गीतलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन। गीतको भिडियोलाई चक्र बमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। गीत सफल बनाेस् हामी शुभकामना दिन चाहान्छाैं ।
भिडियाे