News Portal

कविता : जीवन

ऋचा भट्टराई 
५८० पटक

सम्झनाकाे विशाल तरंग हाे जीवन

बुझ्नेलाई मीठाे उमंग हाे जीवन

आउ खुलेर हेर फूलसंग फूलेर हेर

सुन्यतामा लागेकाे सुन्दर रंङ्ग हाे जीवन ।

 

उकाली ओराली बाटाे हाे जीवन

सुख र दु:खकाे  पाटाे हाे जीवन

एकपल्ट सत्य बुझेर हेर

नयाँ परिभाषाकाे मिश्रण हाे जीवन ।

 

खेलेर हेर नसकिने खेल हाे जीवन

केवल मीठा नमिठा झेल हाे जीवन

सबैकाे मानसिकता बुझेर हेर

कसैलाई उमंग त कसैलाई जेल हाे जीवन ।

ऋचा भट्टराई 

प्रतिकृया दिनुहोस्