News Portal

मर्न किन डराउने ?

कविता
१४८४ पटक

ऋचा भट्टराई

मैले सुनेको आत्महत्या गर्नेहरुको आत्मा भड्किन्छ रे, हो ? या होइन ? मलाई थाह छैन
तर न जिवित् भड्केकाे कसैले देख्छ न त मरेपछि, फेरि मर्न किन डराउने ?
के छ र मसँग जिवित् रहिरहदाँ न त मरेपछि हुनेछ ,जसरी पनि शुन्यतामै बस्नु छ भने मर्न किन डराउने ?
आशुँ !
आशुँ त झरिरहेकै छ मेरी आमाको म रहदाँरहदैँ मरे भने पनि झर्ने त्यहि आशुँ न हो

खर्चसहितको आशुँ भन्दा त सस्तो आशुँ दिदाँ उचित होइन र ? त्यसैले मर्न किन डराउने ?

सधैँभरी माया पाउन त टाढा हुनुपर्ने रहेछ, सधैँ एकनास माया पाउन मर्न किन डराउने ?
खोटहरु युक्त छु, खोट मेटिएकै राम्रो

अशान्ति र कलह मच्चाएकी छु, शान्तिको लागि अशान्तिको नाश पनि त हुन जरुरी छ
अलक्षिण छु,लक्षिण भित्रिन पनि अलक्षिण मर्नुपर्छ ,फेरि मर्न किन डराउने ? 📝 : ऋचा भट्टराई

प्रतिकृया दिनुहोस्