News Portal

भावनाको तीज गीत ‘टिकटक चलाउने’ लोकप्रिय बन्दै

फरकपोस्ट संवाददातासाउन १० काठमाडौं
६४६ पटक
साउन १० काठमाडौं

नेपाली नारीहरुको महान् चाड तिज नजिकिँदै जादा तीज विशेष गीत गीतसंगीतले बजारमा तातिने गर्छ । गायक गायिकाहरुको उपस्थिति पनि अलि बाक्लो नै हुने गर्दछ तीजका गीतमा, यसै क्रममा टिकटकको बजारलाई मध्यनजर गर्दै लोकप्रिय गायिका भावना आचार्यले ‘टिकटक चलाउने’ नामक तीज गीत बजारमा ल्याएकी छन् ।

गीतमा गायिका भावना आचार्य र मोडल तथा गायक चक्र बमको आवाज रहेको छ । गीत सार्वजनिक भएलगत्तै चर्चामा समेत रहेको छ । गायिका भावना आचार्यकै शब्द रहेको गीतमा संगीत कमल जिसिले सृजना गरेका हुन भने संगीत संयोजन नरेन्द्र वियोगीको रहेको छ ।

‘म्यूजिक भिडियोमा गायिका आचार्यको साथमा गायक चक्र बम, अस्मिता पुरी र शिव क्षेत्रीको बेजोड नृत्य एवं अभिनय रहेको छ । अजय रेग्मीले छायाँकन गरेको भिडियोलाई विकास धमालाले सम्पादन गरेका हुन् । भिडियोको निर्देशन भने देवेन्द्र पाण्डेले गरेका छन ।  भिडियो तल राखिएको छ 

प्रतिकृया दिनुहोस्