News Portal

रचना रिमालको जीवनकै पहिलो गीत, जन्मदिनको अवसरमा सार्वजनिक

फरकपोस्ट संवाददातासाउन ३० काठमाडौं
७४४ पटक
साउन ३० काठमाडौं

लोकप्रिय गायिका रचना रिमालको आज जन्मदिन । सर्वप्रथम त उनलाई जन्मदिनको अनगिन्ती शुभकामना सहित चौतर्फी सांगीतिक उन्नतिको कामना गर्दछौं । छोटो समयमै कम उमेरमा लोकप्रियता हासिल गर्न सफल भाग्यमानी गायिका रिमालले आफ्नो जन्मदिनको अवसरमा आफ्नो सांगीतिक जीवनमा पहिलोपटक रेकर्डिङ गरिएको गीतको म्युजिक भिडियो सार्बजनिक गरेकी छन् । ‘जिन्दगिको बिसाउनीमा’ बोलको उक्त गीतलाई रचनाले आफ्नै नामको युट्युब च्यानलबाट बजारमा पठाएकी छिन ।

झापा निवासी रचना टेलिभिजन रियालिटी शोले बाहिर ल्याएको थियोे , रचनाको प्रतिभा नेपाल आईडलबाट बाहिरिएपछी चर्चा र नेपाली संगीत उद्योगमा उनको माग ह्वात्तै बढेर गयो । अहिले उनलाई गाउन भ्याई नभ्याई भएको छ । सुरिलो आवाज सरल स्वभाव मिलनसार व्यवहारले गर्दा उनी संग जोकोही प्रभावित हुने गर्दछन ।

अहिलेसम्म रिमालले दर्जन बढी सुपरहिट गीतहरुमा स्वर भरिसकेकी छन । उनको पहिलो गीत ‘जिन्दगिको बिसाउनीमा’को शब्द बिवस बलिभद्र कोईरालाले लेखेका हुन भने हरि प्रसाद पौडेलले संगीत भरेका छन् । एरेन्ज राजु कार्कीले गरेका हुन् । बाध्यबाधकहरु संग बसेर भिडियोमा रचना नै गाउदै देखिएकी छन् । सो भिडियोलाई छायांकन, निर्देशन तथा सम्पादन मिराज अर्यालले गरेका हुन् ।

प्रतिकृया दिनुहोस्