News Portal

राजेन्द्र कंडेल र सुनिता बुढाको आवाजमा मर्मस्पर्शी दशैं गीत ‘ए मेरो प्रदेशी’

गोविन्द अनेक असोज २ काठमाडौं
७११ पटक
असोज २ काठमाडौं

दशैको माहोल नजिकिँदै गर्दा नेपाली सांगीतिक बजारमा दशै तिहार विशेष गीतहरु सार्वजनिक भइरहेका छन । हिन्दु नेपालीहरुको महान पर्व दशै, तिहारमा नेपाली समाजको वास्तविकता झल्किने कथा व्यथामा तयार पारिएका वियोगान्त संगै रोमान्टिक गीतहरू बजारमा छ्यापछ्याप्ती भित्रिरहेका छन ।

यसै सन्दर्भमा लोकप्रिय गायक राजेन्द्र कंडेल र सुनिता बुढा क्षेत्री मन पुन मगरको आवाजमा मार्मिक दशै गीत ‘ए मेरो प्रदेशी’ सार्वजनिक भएको छ । गायक कडेलकै शब्द संगीतमा रहेको दशै विशेष गीत कंडेलकै युटुव च्यानलवाट बजारमा आएको हो ।

गीत सार्वजनिक भएसंगै दर्शक श्रोताको मीठो माया र सकारात्मक प्रतिक्रिया बटुली रहेको छ ।

बिजय पुन र  रुपा कंडेलको अभिनय रहेको भिडियोलाई विकाश ज्ञवालीले सम्पादन गरेका हुन भने निर्देशन कपिल लामाले गरेका छन ।                                                          भिडियो : 

प्रतिकृया दिनुहोस्