News Portal

शिव हमालको सृजनामा देबिका र शनिको “नयाँ गलबन्दी” ट्रेण्डिङमा

फरकपोस्ट संवाददाताअसोज २ काठमाडौं
१४८५ पटक
असोज २ काठमाडौं

आईएमी लोक स्टार शनि विश्वकर्माको आवाजमा नयाँ गलबन्दी नामक गीत भएको केही घण्टामै युटुबको ट्रेण्डिङ ४७ मा परेको छ ।

शनि विश्वकर्मा र देबिका केसीको आवाजमा रहेको यस गीतको शब्द, संगीत लोकप्रिय सर्जक शिव हमालले गरेका हुन ।

विभिन्न मनरोम क्षेत्रमा छायाकंन गरिएको म्यूजिक भिडियोमा नायक पल शाह र वर्षा राउतको अभिनय रहेको छ । “धनगढीमा किनेको गलबन्दी नयाँ नयाँ छ, जहाँ जाउ मुटु भरी गाैथली तम्रै माया छ” यस्ता मीठा र मनछुने शब्दले गीत चिटिक्क सिंगारिएको छ ।

म्यूजिक भिडियो निर्देशन सुनिल क्षत्रिले गरेका छन् । छायांकन दुर्गा पाैडेलले गरेको हुन भने म्युजिक भिडियोको सम्पादन अमृत चापागाईंले गरेका हुन ।

भिडियो हेर्नुहोस

प्रतिकृया दिनुहोस्