News Portal

‘मन परेको मान्छेमा’ खेम सेञ्चुरी र अञ्जली अधिकारीको रोमान्स

फरकपोस्ट संवाददाताकार्तिक १२ प्यूठान
१३२९ पटक
कार्तिक १२ प्यूठान

कप्रिय गायक खेम सेञ्चुरी र बिना बुढा मगरको आवाजमा नयाँ लोक दोहोरी गीत ‘मन परेको मान्छे’ सार्वजनिक भएको छ । ‘रम रम मरौटी…’ ले निकै चर्चा कमाईरहदा कलाकार सेञ्चुरीको फेरि अर्को प्रस्तुति ल्याएर आएका छन गीतलाई टिकट्कमा असाध्यै रुचाइएको छ । गीतमा शब्द सृजना लोकप्रिय गीतकार नेत्र अर्यालले गरेका छन भने संगीत खेम सेञ्चुरीकै रहेको छ । म्युजिक भिडियोमा अत्यन्तै रुचाइएकी मोडल अन्जली अधकारीसंग सेञ्चुरीले अभिनय गरेका छन् ।

खेम सेञ्चुरीको आफ्नै अफिसियल युट्युब च्यानलबाट बिहिबार दिउसो सार्वजनिक गरिएको गीत हामीले यो समाचार तयार पार्दासम्म ८० हजार पटक युटुबमा हेरिएको छ ।

गीतको संगीत संयोजन र मिक्सिङ मास्टरिङ लोकप्रिय साउण्ड ईन्जिनियर श्यामश्वेत रसाइलीले गरेका हुन भने रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो ।

कुमार केसीको निर्देशनमा बनेको भिडियोम राजेश घिमिरेको छायांकन, बिष्णु शर्माले सम्पादन रहेको छ । ‘मन परेको मान्छे’ गीतले सबैको मन जितोस हाम्रो तर्फबाट शुभकामना । भिडियो :

प्रतिकृया दिनुहोस्