
संगीतकार बिबि अनुरागीको शब्द संगीतमा नयाँ गीत “पाल्पा तानसेन” सार्वजनिक भएको छ । लोक स्टार शनी विश्वकर्मा र बिशखा शाही संगको सहकार्यमा अनुरागीले अत्यन्तै रसिलो नाचौ नाचौ लाग्ने गीत लिएर आएका हुन ।
पाल्पाको सदरमुकाम तानसेनलाई विषयवस्तु बनाएर गीत तयार गरिएको छ । गीतको थेगोमा “पाल्पा तानसेन घुम्न जाउन भनेको हजुरले मान्दै मान्सेन” रहेको छ । गीतले दुई प्रेम जोडी बिचको विषयलाई उठाएको छ । गीतमा केटा पक्षले घुम्न त जाउला हतार नगर भनेर सम्झाइरहेको भाव छ भने केटी पक्षले घुम्न जाउ भन्दा नमान्ने भनेर केटा पक्षलाई भनिरहेको भाव देखिन्छ ।
गीतमा गायक गायिका लगायत अन्य कलाकारहरुको अभिनय रहेको छ । गीतको छायाँकन सम्पादन मिराज अर्यालले गरेका हुन । म्यूजिक भिडियो संगीतकार बिबि अनुरागीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतले सबै खाले दर्शक श्रोताको मन जितोस हाम्रो तर्फबाट पनि शुभकामना ।
भिडियो