News Portal

देवेन्द्र बब्लु र अस्मिता अधिकारीकाे आवाजमा ‘साइँला-साइँली’

फरकपोस्ट संवाददातापाैष १५ काठमाण्डाैं
१०१७ पटक
पाैष १५ काठमाण्डाैं

कलाकार देवेन्द्र बब्लु र अस्मिता अधिकारीकाे आवाजमा  नयाँ गीत ‘साइँला-साइँली’  सार्वजनिक भएकाे छ । विमला हुमागाईंको शब्द र दीपकराज विश्वकर्माको संगीत रहेको गीत माया प्रेम संग सम्बन्धित रहेकाे छ । बोध शर्माको प्रस्तुति रहेको गीतकाे म्यूजिक भिडियाेमा देवेन्द्र र बोधको जिवन्त अभिनय देख्न सकिन्छ । सडकमा व्यापार गर्ने युवा र युवतीबीच जानिदाे पाराले बसेकाे मायाप्रेम म्यूजिक भिडियाेमा देखाउन खाेजिएकाे छ  ।

विशाल घिमिरेको कथामा तयार भएको भिडियोमा अनिल के मानन्धरको छायांकन र मनोज कार्कीको सम्पादन छ । बिहीबार देवेन्द्र बब्लुकै युट्युब च्यानलमा भिडियो सार्वजनिक गरिएको हो । देवेन्द्रका थुप्रै गीतलाई स्रोता-दर्शकले रुचाएका छन् । गीतले सबैकाे मन जिताेस् हामी पनि शुभकामना दिन चाहन्छाैं ।

भिडियाे

प्रतिकृया दिनुहोस्