
लोकप्रिय गायक एवं सर्जक विष्णु खत्रीको शव्द संगीत चर्चित गायिका अस्मिता अधिकारी र नवोदित गायक विवेक श्रेष्ठको आवाजमा नयाँ लोक तथा दोहोरी गीत “चोयाको डोको” सार्वजनिक भएको छ । सर्जक विष्णु खत्रीको मौलिक शव्द संगीतलाई अस्मिता र विवेकको स्वरले थप बुट्टा भरेको छ । गीत माया प्रेम प्रधान शव्दले चिटिक्क सिंगारिएको छ । गीतको थेगोमा चोयाको डोको छ मलाई धोको फुकाएर दिन पिरतीको पोको । गीतमा निकै सरल अनि कलात्मक शव्द समावेश गरिएको छ ।
आशिष अविरलको संगीत संयोजन मनोज परियारको मिक्सिङमा तयार पारिएको यस गीतको अडियो राग रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । म्युजिक भिडियोमा चर्चित मोडल अञ्जली अधिकार र सुधिर श्रेष्ठको दमदार नृत्य रहेको छ । शिव बि.क.को निर्देशन रहेको म्युजिक भिडियोको सम्पदान अमृत चापाँगाइले गरेको हुन भने छायांकन शिव शरण न्यौपानेले गरेका हुन । गीतकाे म्युजिक भिडियाे विष्णु खत्रीकाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे हाे । गीतले सबैको मन जितोस् हाम्रो तर्फबाट शुभकामना ।
हेर्नुहोस् भिडियो