
सर्वप्रिय सर्जक एकनारायण भण्डारीकाे आवाजमा नयाँ गीत “जुम्लाबाट आउनुभयाे मित” सार्वजनिक भएकाे छ ।
आेझेलमा पर्दै गईरहेकाे मितेरी साइनोको कथा बोकेको गीत सधैं अरुलाई गाउन लगाउने एकनारायण यसपाली आफैंले गाएका छन । गीतकार एकनारायणले गीतकाे शब्दमा दुई मितले एकअर्का प्रति देखाएकाे माया प्रेम र सम्मानलाई उतारेका छन । गीतमा एकनाराणले नै संगीत सृजना गरेका हुन । श्यामश्वेत रसाइलीकाे संगीत संयाेजन तथा मिक्सिङ्गमा तयार पारिएकाे यस गीतकाे अडियाे प्रिज्म स्टृडियाेमा गरिएकाे हाे । म्युजिक भिडियाेकाे निर्देशन कुमार केसीले गरेका हुन ।
दुई मितको भूमिकामा सुधीर श्रेष्ठ र विजय पुनः देखिएका छन् । संगै सिर्जना जिसीले पनि साथ दिएका छन । अजय रेग्मीकाे छायांकन तथा विकास ज्ञवालीकाे सम्पादन रहेकाे यस म्युजिक भिडियाेकाे नृत्य निर्देशन प्रशान्त मगरले गरेका हुन ।
बिल्कुलै फरक विषयवस्तुमाथि केन्द्रित रहेर आएकाे यस गीतलाई हाम्राे तर्फवाट शिखर सफलताकाे शुभकामना व्यक्त गर्दछाैं ।
भिडियाे