फरकपोस्ट संवाददाताचैत १५ काठमाण्डाैं

लोक तथा दोहोरी गायक तथा सर्जक बिमल डॅागीको शब्द र संगीतमा रहेकाे ‘फापरको पिठो’ बोलको गीत सार्वजनिक भएको छ । गीतमा भ्वाईस अफ किड्स, नेपाल सिजन १ का फाईनलिस्ट निकै चर्चामा आएका बालगायक सुप्रिम मल्ल ठकुरीको स्वर रहेको छ ।
‘फापरको पिठो’ बोलको गीत गायक डाँगीले १७ बर्ष अगाडी “भाग्य फुट्यो, एैना फुटे झै” लोक तथा दोहोरी एल्बममा गरेर बजारमा लिइसकेकाे गीत हाे उक्त पुरानाे गीतमा गायक बिमल डाँगी स्वंयम आफैले आवाज दिएका थिए। साेही गीतलाई अहिलेका चर्चित बाल गायक सुप्रिम मल्ल ठकुरीको स्वरमा रिमेक भर्सन सार्वजनिक गरेका हुन ।
गीतकाे एरेन्जर केशब बडु हुन् भने गीतकाे अडियाे सम्पादन जय देवकोटाले गरेका हुन् भने गीतकाे रेकर्डिङमा रेकर्ड गरिएकाे हाे । गीतले टिकट्क देखि सामाजिक सञ्जालहरुमा चर्चा कमाइरहेकाे छ । हाम्राे तर्फबाट शुभकामना सबैलाई ।