
बाल गीतकार ऋचा भट्टराईकाे रचनामा रहेकाे गीत “नसाेचेका खुशीहरु” सार्वजनिक भएकाे केही दिनमै लाेकप्रिय बन्दै गएकाे छ । बरिष्ठ संगीतकार बिबि अनुरागीकाे संगीत, संगीत संयाेजन एवम् लाेकप्रिय गायक गायिका रचना रिमाल र शनि विश्वकर्माकाे आवाजमा उनले आफ्नाे पहिलाे गीत रेकर्ड गराएका हुन ।
सानै उमेरमै साहित्य संगै गीत लेखनमा विशेष रुचि राख्ने भट्टराई भर्खरै कक्षा ११ मा पढ्दै गरेकी छात्रा हुन । कलिलै उमेरमा गहिराे शब्दभावकाे परिकल्पनामा रमाउन माहिर गीतकार भट्टराईले सृजना गरेकाे गीत कुनै स्थापित गीतकारले लेखेकाे भन्दा कम छैन । आफ्नाे बाबाआमा संग टाढिएपछि आफ्नाे सबभन्दा नजिककाे साथी साहित्य बनेकाे र विस्तारै आफ्ना मन भावनाहरु साहित्य र गीतकाे माध्यमबाट प्रकट गर्न थालेकाे हामीलाई बताइन् ।
साहित्य केहाे भनेर साेधेकाे हाम्राे प्रश्नमा उनले साहित्य जति गहिरियाे त्यतिनै गहिराइमा पुग्न सकिने विषय भएकाले यसकाे आयाम र परिभाषा निश्चित नभई निकै फराकिलाे रहेकाे बताइन् । पहिलाे गीत रेकर्ड गराएपछि दर्शक श्राेताकाे मीठाे माया र प्रतिक्रिया पाउँदा आफ्नाे कलमलाई अझै हाैसला मिलेकाे खुसी हामीलाई बाँडिन । विशेष गरेर साहित्यकाे कविता विधामा दखल राख्ने उनले लेखेका विभन्न गीत कविताहरुले विद्यालय स्तरीय जिल्ला स्तरीय प्रतियाेगिताहरु जित्न सफल भएकाे संवादले उनले जानकारी गराईन् ।
चितवन जिल्लाकाे नारायणगढमा जन्मिएर हाल नवलपरासी जिल्ला मामा घरमा बसि पढाइ संगै साहित्य विधालाई संगसंगै लिएर अगाडी बढेका बाल कवि गीतकार रिचा भट्टराईकाे चाहाना भविष्यमा राम्राे गीतकारकाे रुपमा स्थापित हुने मनभित्र गहिराे चाहान रहेकाे पनि बताइन् । कलिलाे उमेरमै साहित्यमा रमाउन सिकेका कवि गीतकार भट्टराई साहित्य लेखन र गीत लेखन यात्रा सफल बनाेस् कलम निखारिदै जाओस् हाम्राे तर्फबाट विशेष शुभकामना ।
गीतकार भट्टराई सृजनामा रहेकाे गीत हेर्न यता क्लिक गर्नुहाेस्