
अत्यन्तै संभावना बाेकेका गायक युवराज मगरकाे नयाँ गीत ‘प्लिज नभन है हुन्न’ सार्वजनिक भएकाे छ । चर्चित गायिका टीका प्रसाईँ र युवराजकाे स्वर रहेकाे यस गीत नयाँ वर्ष २०७९ को अवसर पारेर सार्वजनिक गरिएकाे हाे । सर्वप्रिय सर्जक एकनारायण भण्डारीको शब्द, गायक युवराजकै संगीत रहेको गीतलाई उदयराज पौडेलले एरेन्ज गरेका हुन् । श्यामश्वेत रसाइलीले मिक्सिङ गरेकाे यस गीतकाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे हाे ।
सबैलाई नाचुम नाचुम लाग्ने यस म्युजिक भिडियाेकाे गायक युवराज स्वयंमले निर्देशन गरेका हुन् । भिडियोमा अभिनेता पल शाह र मोडल शुभेक्षा मगर भारतीको अभिनय एवं नृत्य देख्न सकिन्छ । ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्तोष राजबहाकको कोरियोग्राफी रहेको भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन् । भिडियो गीतका गायक एवं निर्देशक युवराज मगरको आफ्नै ‘युवराज मगर’ युट्युब च्यानलमार्फत गरेकाे छन ।
यस्ताे छ म्युजिक भिडियाे :