
लाेकप्रिय गायक संगीतकार थानेश्वर गाैतमकाे नयाँ गजल ‘बेचेर सपना’ यतिबेला निकै चर्चामा रहेकाे छ । । गजलले सामाजिक सञ्जाल, टिकटकदेखि युट्युबको ट्रेन्डिङका समेत ओगट्न सफल भएकाे छ ।
श्रीभक्त पौडेल (आफन्त) को शब्द रहेको थानेश्वर गौतमकै संगीत रहेकाे यस गीतकाे संगीत संयोजन विनोद बाजुरालीले गरेका छन । रामजी लामिछानेकाे भिडियाे निर्देशन, पुष्प खड्का, सुशीला थापा, स्मारिका ढकाल, कृष्णप्रसाद रेग्मी लगायतको अभिनय रहेकाे यस म्यूजिक भिडियाेकाे छायाङ्कन मानकृष्ण महर्जनले गरेका हुन भने भिडियो सम्पादन बान्डे प्रसादले गरेका हुन । गीत अहिले युट्युबकाे म्यूजिक ट्रेन्डिङ तर्फकाे ३ मा रहेकाे छ ।
बाग्लुङ जिल्लामा जन्मिएर संगीत विषयमा स्नातक गरेर नेपाली गजलमा फर धार निर्माणमा लागिरहेका संगीतकार एवं गायक गाैतमका यस अगाडी पनि थुप्रै लाेक दाेहाेरी गजलहरुले दर्शक श्राेताकाे मन जितिसकेका छन ।
गीतलाई थप सफलताकाे शुभकामना ।
भिडियाे :