News Portal

प्रकाश दुतराजकाे अर्काे माैलिक सृजना ‘मन भुल्छ’ सार्वजनिक

गाेविन्द अनेक जेठ २६ काठमाण्डाैं
७१८ पटक
जेठ २६ काठमाण्डाैं

पछिल्लाे पुस्ताकाे प्रतिनिधित्व गर्दै नेपाली लाेक दाेहाेरी गीत संगीतमा माैलिक सर्जक एवं गायका रुपमा स्थापित गायक तथा सर्जक प्रकाश दुतराजकाे नयाँ गीत ‘मन भुल्छ’ सार्वजनिक भएकाे छ । मंगलबार प्रकाश दुतराजकाे अफिस युटुब च्यानल मार्फत मंगलबार सार्वजनिक भएकाे यस गीतलाई हामीले समाचार तयार पार्दासम्म युटुवमा दुई लाख ५० हजार पटक भन्दा बढी पटक हेरिएकाे छ ।

प्रकाश दुतराज र शान्ति श्री परियारकाे आवाज रहेकाे यस गीतकाे शब्द संगीत पनि स्वयं गायक दुतराजकै हाे । कृष्ण भान्जाकाे एरेन्ज, श्यामश्‍वेत रसाइलीले मिक्सिङ मास्टरिङ यस गीतकाे अडियाे रेकर्डिङ प्रिज्म स्टुडियाेमा गरिएकाे भने भने रेकर्ड कमल थापा र डिबी लाेहनीले गरेका हुन ।

मौसम हिमालीले निर्देशन गरेको भिडियोमा प्रकाशसँगै विजय पुन, रोशनी कार्की, जुना सुन्दास, आयुष्मा कार्की, भूमिका गिरी, सुजल बम, गीता ढुंगानाको अभिनय छ ।

प्रकाश दुतराजका बैनी झ्यालैमा चाेली मैले भाे लाउन दाजै पिरती  ‘जाम भो माईली’ लगायतका गीत सर्वाधिक चर्चामा रहेका छन  । यस गीतले पनि सबैकाे मन जिताेस् शुभकामना ।

भिडियाे :

प्रतिकृया दिनुहोस्