फरकपोस्ट संवाददातासाउन ९ काठमाडौं

गायिका देवीका केसीको तीज गीत ‘नाई बाबा नाई’ सार्वजनिक भएको छ । गीतमा देवीकाको एकल आवाज रहेको छ ।
लोकप्रिय सर्जक शिव हमालको शब्द/संगीत सृजनामा रहेको यस गीतको एरेन्ज सुनिल परियारले गरेका हुन् भने मिक्सिङ्ग एचबिएन किस्मतले गरेका हुन् ।
गीतको म्युजिक भिडियोमा प्रिति आले लगायतका कलाकारले नृत्य प्रस्तुत गरेका छन । स्मृति तिमिल्सिना ‘गुरुआमा’ को निर्देशन रहेको म्युजिक भिडियोको छायांकन राजेश घिमिरेले गरेका हुन भने सम्पादन प्रकाश धमलाले गरेका छन् ।
गीत गायिका केसीको अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएको छ । गीतलाई हाम्रो तर्फबाट पनि सफलताको शुभकामना ।
भिडियो :