फरकपोस्ट संवाददातासाउन २५ काठमाण्डाैं

गायिका निरा छन्त्याल र सलिना नेपालीले तीज विशेष गीत ‘संगिनी’ लिएर आएका छन् । प्रकाश पराजुलीको शब्द र लय रहेको यस गीतमा निरा र सलिनाको युगल आवाजले रहेकाे छ ।
गीतमा विश्वास नेपालले संगीत संयोजन गरेका छन ।
गीतको म्युजिक भिडियोमा गायिकाद्वय निरा र सलिनाले नै नृत्य गरेका छन् । काजिश श्रेष्ठकाे निर्देशन, अजय रेग्मीले छायांकन र दिपक विष्टकाे सम्पादनमा निर्माण गरिएकाे यस म्युजिक भिडियाेलाई निरा छन्त्यालकाे अफिसियल युटुब च्यानल मार्फत सार्वजनिक गरिएकाे छ ।
भिडियाे :