
हिन्दु नारीहरुको विशेष पर्व तीज आज दरखाने दिन देखि विधिवत् रुपमा सुरु भएकाे छ । तीज पर्व आज देखि सुरु भइ ऋपि पञ्चमी सम्म भव्य तरिकाले मनाउने प्रचलन रहदै आएकाे छ। आजकाे दिनमा महिला दिदीबहिनीहरु दर खाने, खुसी साटासाट गर्नेदेखि उपहार आदान–प्रदान गर्न एकआपसमा भेला भएर मनपेटका कुराहरु एकअर्कालाई सुनाउने गर्छन् । याे पर्वले हाम्रा लाेक तथा दाेहाेरी गायिकाहरुलाई विशेष रुपमा छुने गर्दछ । खासगरी तीज गीत गाउने नै लाेक तथा दाेहाेरी गायिकाहरु हुन् । यस हिसाबले पनि तीज विशेष कार्यक्रममा उनीहरुकाे व्यस्ता निकै हुने गर्छ । लाेक गायिकाहरुलाई तीज विशेष कार्यक्रमले भ्याइ नभ्याइ बनाएको छ भने कोही फुर्सद निकालेर परिवारसँग तीज मनाउने योजनामा छन् । तीज गीत गाएर सबैलाई नचाउने गायिकाहरुले तीज कसरी मनाउदै छन् त ? तीज पर्वका विषयमा उनका धाराणा कस्ताे छ त ? उनीहरुकै शब्दमा ।
शर्मिला गुरुङ्ग (वरिष्ठ गायिका)
तीज विशेष कार्यक्रमकाे सिलसिलामा जापन आएकाे छु । यसपालीकाे तीज जापानमा रहनुहुने नेपाली दिदीबहिनीहरु संग गाएर नाचेर मनाउने याेजनामा छु । तीज हाम्राे नारी संम्वेदना र संस्कृति संग जाेडिएकाे नेपाली हिन्दु नारीहरुकाे विशेष उत्सव, पर्व भएकाले हामीले नाचेर गाएर रमाइलाे गरेर दुखसुख एकअर्कामा साटेर मनाउनुपर्छ । व्रत बस्न मैले खासै चाहाना नराख्ने हुदाँ बस्दिनँ ।
टिका पुन (गायिका)
यसपाली मैले पहिलाेपटक काठमाण्डाैंमै घरपरिवार संगी साथीहरु संग तीजलाई मनाउने याेजना बनाएकाे छु । तीज हिन्दु नारिहरुको एक विशेष पर्व भएकाले पनि यसकाे महत्व विशेष नै छ । प्रत्येक नारीले आफ्नो पतिकाे दीर्घायूकाे कामना गर्दै भगवान् शिवकाे पूजापाठ गरि व्रत बस्ने चलन पहिलै देखि नै चलिरहेकाे छ । तीज विशेष कार्यक्रमहरु सक्काएर काठमाण्डाैंमै फर्किएर आफन्त इष्टमित्र नातागाेता दिदीबहिनी संग नाचगान गर्दै एकआपसमा खुसी साटासाट गरेर याे तीज मनाउने याेजना बनाएकाे छु ।
पूर्णकला बिसी (गायिका)
यसपालीकाे तीज, तीज विशेष कार्यक्रममै दिदीबहिनीहरु संग मनाउँदै छु । कार्यक्रमकै सिलसिलामा म अहिले पाेखरामा छु । तीजमा म व्रत बस्नुपर्छ भन्ने मान्यता त राख्छु तर तीज विशेष कार्यक्रमकाे दाैडधुप अलि बढी हुने हुदा स्वास्थ्यलाई मध्यनजर गर्दै व्रत बस्दिनँ । तीज हामी नेपाली नारीहरुकाे संस्कार भएकाले गीत गाउने नाचगान गर्ने गरेर मनाउने याेजनामा छु ।
जुना श्रीष मगर (गायिका)
यसपालिको तीज, तीज विशेष कार्यक्रममा मेरो गृह जिल्ला बागलुङमै आमा दिदीबहिनी हरुको साथमा मनाउँदै छु । याे पर्व हामीले पुर्खाैदेखि मनाउँदै आएकाे हाे । यसलाई हामीले बचाईराख्नुपर्छ । तर तीज तर तिज मनाउने बहानामा विभिन्न उछ्रीङ्खल खालका छाडा गतिबिधी हरु गरिनु हुँदैन। पहिले पहिलेकाे तीज ,माईतीकाे अनि चेलीकाे जुन महत्त्व थियो त्यो अहिलेका विभिन्न सुविधा, नेट, ईन्टरनेट र सामाजिक संजालले गर्दा त्यति महत्त्व र त्यो खालको भावहरु नझल्किएको पनि मैले पाएको छु । म अहिलेसम्म व्रत बसेकाे बसेकाे छैन । तीज गाएर नाचेर रमाइलाे गरेर मनाउँने याेजनमा छु ।
सम्झना भण्डारी (गायिका)
तीज विशेष कार्यक्रमकाे सिलसिलामा जापन आएकाे छु । नेपालमै गाउँघर तिर भइदिएकाे भए छुट्टै रमाइलाे हुनिथियाे तर पनि परदेशमा आएरपनि जापानमा रहनुहुने नेपाली दिदीबहिनीहरु संग गाएर नाचेर यसपालिकाे तीज मनाउने याेजनामा छु । म तीजमा व्रत पनि बस्ने गर्छु । तीज हाम्राे विशेष पर्व भएकाले यसकाे महत्व भव्य छ । यसपाली मेराे तीज जापान स्थित नेपाली दिदीबहिनीहरु संग संगै गाएर नाचेर दर खाएर रमाइलाे गरेर मनाउने तयारी छ ।
कला लम्साल (गायिका)
तीज विशेष कार्यक्रमकाे सिलसिलामा भारत लगायत नेपालकाे विभिन्न कार्यक्रममा व्यस्त रहने छु । तीज पर्व विशेष नारीहरुकाे हाे । नारीका लागि रमाइलाे उत्साह भर्न आउने तीजमा चेलीवेटीहरु माईतीमा जाने आमाले पकाएकाे दर खाने प्रचलन परापूर्वक काल देखिनै चलिए आएकाे छ । तीज विशेष धेरै कार्यक्रममा धेरै हिड्नुपर्ने भएकाले पहिलाे प्राथमिकता स्वास्थयलाई दिने गर्छु व्रत त्यति नसबेपनि । तीज पर्व धर्म संग जाेडिएकाले पूजापाठ चाही गर्ने गर्छु यसपाली तीज चाही गीत गाएर दिदीबहिनीहरु संग रमाइलाे गरेर मनाउँदै छु ।