News Portal

हेमन्त र शान्तिश्रीको आवाजमा ‘बिल्ला हान्या हैन है’

फरकपोस्ट संवाददातापुस २९ काठमाडौं
१०६८ पटक
पुस २९ काठमाडौं

लोकप्रिय गायक हेमन्त शर्माको नयाँ गीत ‘बिल्ला हान्या हैन है माथी हेर्ने राम छ’ सार्वजनिक भएको छ । गीतमा गायक हेमन्तलाई स्वरमा लोकप्रिय गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।

गायक शर्माकै शब्द संगीत रहेको गीतमा श्यामश्वेत रसाइलीले संगीत संयोजन गरेका छन् । रोमान्टिक शैलीमा रहेको यस म्यूजिक भिडियोमा सुनिल क्षेत्री र काव्या खड्काको जोडदार नृत्य अभिनय रहेको छ ।

म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका छन् भने म्युजिक भिडियोको छायांकन दुर्गा पाैडेल र सम्पादन अमृत चापागाईंले गरेका छन् ।

प्रतिकृया दिनुहोस्