News Portal

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको ‘जिन्दगी आधाभो’ सार्वजनिक

फरकपोस्ट संवाददाताफागुन २० काठमाडौं
१४२६ पटक
फागुन २० काठमाडौं

लोकप्रिय गायिका पुजा देवकोटा र गोविन्द अनेकको आवाजमा अत्यन्तै मर्मस्पर्शी लोक दोहोरी गीत ‘जिन्दगी आधाभो’ सार्वजनिक भएको छ ।

गोविन्द अनेकको शब्द तथा संगीत सृजना रहेको यस गीतको संगीत संयोजन राकेश सोनीले गरेका छन् । श्यामश्वेत रसाइलीको मिक्सिङ्ग मास्टिरिङ्ग रहेको यस गीतको रेकर्डिङ प्रिज्म स्टुडियोमा गरिएको हो भने रेकर्ड कमल थापा र किरण विश्वकर्माले गरेका हुन ।

असफल प्रेम जोडीको कथामा आधारित गीतले दुई धुव्रमा विभाजित प्रेम जोडीको विषयमा आधारित कथा बोलेको छ । सर्जकले गीतमा छोडेर जानेको पिरमा खेप्ने गरेका अभाव, पीडा र छट्पटीलाई गीतका शब्द मार्फत व्यक्त गरेका छन् ।

गीतमा गितार सञ्जिव बराइली, मादल पोषण घर्ती र बासुरी रत्न विश्वकर्माले बजाएका छन् । गीतले सबैको मन जितोस् शुभकामना ।

प्रतिकृया दिनुहोस्