News Portal

हेमन्त शर्मा र एलिना चौहानको देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक

फरकपोस्ट संवाददाताचैत ११ काठमाडौं
११८१ पटक
चैत ११ काठमाडौं

हेमन्त र एलिनाले ल्याए ‘मायाले नै हो रैछ’ देउडा गीत (भिडिओ)

लोकप्रिय गायक हेमन्त शर्मा र एलिना चौहानको स्वरमा देउडा गीत ‘मायाले नै हो रैछ’ सार्वजनिक भएको छ ।

बिहीबार हेमन्त शर्मा युट्युब च्यानलमार्फत उक्त देउडा गीत सार्वजनिक भएको हो ।

गायक शर्माले गीत मार्फत सुन्दर सुदुरपश्चिमको थोरै सुगन्ध आफ्ना श्रोतामा बाढ्न खोजेको बताए ।

गीतको संगीत संयोजन तथा मिक्सिङ मास्टरिङ्ग कमल थापाले गरेका हुन ।

हरि उप्रेतीको शब्द रहेको गीतमा तृप्ती खड्काले संगीत भरेका छन् । निकेश खड्काले निर्देशन गरेको म्युजिक भिडिओमा समारिका ढकाल र विजय पुनलाई देख्न सकिन्छ ।

रूपेश थापाले छायांकन गरेको गीतको भिडिओलाई विकाश धमलाले सम्पादन गरेका हुन् ।

प्रतिकृया दिनुहोस्