News Portal

बरिस्ठ लोक गायक बिमलराज क्षेत्रीको नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक

फरकपोस्ट संवाददाताचैत २२ काठमाडौं
१६९० पटक
चैत २२ काठमाडौं

बरिस्ठ लोक गायक विमलराज क्षेत्री र उनका जीवन संगीनि गायिका टिका कुमारी क्षेत्रीको स्वरमा नयाँ गीत ‘घर त पर हो’ सार्वजनिक भएको छ ।

गीतमा शब्द र संगीत गायक क्षेत्रीले नै सृजना गरेका हुन् । स्वयमकै रहेको छ । गीतमा बिछोडिएको प्रेम जोडीको कथालाई अत्यन्तै मर्मस्पर्शी ढंगले प्रस्तुत गरिएको छ ।

म्युजिक भिडियोको निर्देशन उदिराम खड्काले गरेका छन् । म्युजिक भिडियोमा गायक क्षेत्री, अभिनेत्री कविता गेलाल, उदिराम खड्का र टिका कुमारी क्षेत्रीले अभिनय गरेका छन् ।

दीपक गिरीले छायांकन गरेको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन । गीत गायक क्षेत्रीको अफिसियल युटुब च्यानल Bimalraj Chhetri YouTube च्यानल मार्फत सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्