News Portal

मर्मस्पर्शी गीत “रुनलाई त होनी माया लाउनी” ले चर्चा बटुल्दै

फरकपोस्ट संवाददाताअसार १७ काठमाडौं
२२८६ पटक
असार १७ काठमाडौं

गजल गीत गाएर चर्चा कमाएका लोकप्रिय गायक राज सिग्देलले पहिलोपटक “रुनलाई त होनी माया लाउनी” नामक लोक गीतमा आफ्नो आवाज दिएका छन् । उनलाई स्वरमा अहिलेकी लोकप्रिय गायिका शान्ति श्री परियारले साथ दिएकी छिन् ।

सिग्देलका लागि गीतको शब्द सृजना लक्ष्मण परियारले गरेका हुन भने संगीत लोकप्रिय संगीतकार श्रीकृष्ण बम मल्लले सृजना गरेका हुन् ।

रमेश सेञ्चुरीको संगीत संयोजन (एरेञ्ज) चर्चित साउन्ड ईन्जिनियर श्याम श्वेत रसाईलीको ध्वनी सम्पादन, गोविन्द अनेक, कमल थापा र किरण सुनारले रेकर्डिङ गरेको यस गीतको रेकर्ड प्रिज्म स्टुडियोमा गरिएको हो ।

निर्देशक मौसम हिमालीको निर्देशन रहेको गीतमा पवन सुस्लिङको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ ।

गीतले बिछोडिएको प्रेम जोडीको मार्मिक विषयलाई अत्यन्तै मर्मस्पर्शी ढंगले उठाएको छ ।

यस गीतलाई लक्षम म्युजिक वल्र्ड यसटसब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिकृया दिनुहोस्