News Portal

गृहपृष्ठ खास खबर, मुख्य समाचार, शिक्षा, समाचार

सवारी दुर्घटनामा परी प्यूठानमा एसइइ परीक्षार्थीको मृत्युु

प्यूठान जिल्ला स्वर्गद्वारी नगरपालिका वडा नम्बर ४ गोठिबाङमा मोटरसाइकलले स्कुल बसलाई ओभरटक गर्न खोज्दा ठोक्किएर मोटरसाइकलमा सवार एक एसइइ दिएर फर्कदै गरेका एक परीक्षार्थीको मृत्युु भएको छ । विद्यानन्द माबि जुडापाटा परीक्षा केन्द्रमा एसइइ परीक्षा...बाँकी

मोरङका ३ परीक्षा केन्द्रबाट ११६ जना एसईईका परीक्षार्थी पक्राउ

मोरङमा माध्यमिक शिक्षा परीक्षा (एसईई) का तीनवटा परीक्षा केन्द्रबाट ११६ जना विद्यार्थी पक्राउ परेका छन् । नक्कली परीक्षार्थीको आशंकामा ग्रामथान गाउँपालिका-२ मा रहेको सरस्वती माध्यमिक विद्यालय परीक्षा केन्द्रबाट ५२ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ...बाँकी

कोसी प्रदेश विवाद : माओवादीको पहिचानकाे पक्षमा उभिने निर्णय

नेकपा (माओवादी केन्द्र) ले कोसी प्रदेश नामकरणको सम्बन्धमा पार्टी पहिचानकै पक्षमा उभिने निर्णय गरेको छ । बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले कोसी प्रदेश नामाकरणको सन्दर्भमा पार्टीबाट कमजोरी भएको स्वीकार गरेको निष्कर्ष समेत...बाँकी

उपनिर्वाचनमा उम्मेदवारले कति रकम खर्च गर्न पाउने

निर्वाचन आयोगले आगामी वैशाख १० गते आइतबार हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उम्मेदवारले खर्च गर्न पाउने अधिकतम सीमा निर्धारण गरेको छ । आयोगको बैठकले उपनिर्वाचनका लागि गत असोज ३१ को नेपाल राजपत्रमा तोकिए बमोजिम नै...बाँकी

रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध, एक उजुरी

आसन्न उप-निवार्चनका लागि चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका रवि लामिछानेविरुद्ध तीन जनाको दाबी विरोध र एक उजुरी परेको छ । सोमबार भएको उम्मेदवारी दर्ताविरुद्ध...बाँकी

चितवन– २ मा रवि लामिछानेको मनोनयन दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपनिर्वाचनका लागि चितवन– २ बाट मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ता पछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले अब आफूमाथि कुनै कानुनी उल्झन बाँकी नरहेको बताएका छन् । ‘मैले देखेको...बाँकी

शिक्षा मन्त्रालय पैसा नआउने भएर नेताहरूको रोजाइमा पर्दैन : देवेन्द्र पौडेल

नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले पैसा नआउने मन्त्रालय भएका कारण शिक्षा मन्त्रालय नेताहरूको रोजाइमा नपर्ने गरेको बताएका छन् । मंगलबार काठमाडौँमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै पौडेलले नेताहरू...बाँकी

प्रचण्ड नेतृत्वको सरकारको १०० दिनमा ३७ उपलब्धि सार्वजनिक : पूर्णपाठ सहित

पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले १०० दिनमा गरेको कामकारबाही सार्वजनिक गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सय दिनमा सम्पादन गरेका महत्वपूर्ण कार्य र हासिल भएका प्रमुख उपलब्धिहरूको विवरण सार्वजनिक गरेको हो । प्रचण्ड गत...बाँकी

रवि लामिछानेको राहदानी मुद्दामा आज सुनुवाइ हुदै

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको राहदानीसम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा आज सुनुवाइ हुने भएको छ । लामिछानेको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा नचल्ने भनेर महान्यायाधिवक्ता दीनमणि पोखरेलले गरेको निर्णय बदर गर्नुपर्ने माग गर्दै सोमबार रिट निवेदन दायर भएको थियो...बाँकी

भरतपुर क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने सरकारको निर्णय

सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व लिएर निर्माण गर्ने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भरतपुर महानगरलाई १२ करोड रुपैयाँ दिएर रंगशाला निर्माणका क्रममा हालसम्मको हिसाब फरफारक गर्ने निर्णय गरेको छ । रंगशाला निर्माण...बाँकी