News Portal

टेलिकमको एकमहिने ‘लकडाउन स्टे कनेक्टेड’ अफर

फरकपोस्ट संवाददाताकाठमाडौं, वैशाख ३०
३७६ पटक
काठमाडौं, वैशाख ३०

कोभिड–१९ को विषम परिस्थितिमा सेवाग्राहीको थप सुविधा दिने लक्ष्यले नेपाल टेलिकमले भोलीबाट एक महिने अफर दिएको छ । वैशाख ३१ देखि लागु हुने गरी टेलिकमले एक महिनाका लागि लकडाउन स्टे कनेक्टेड अफर दिने जानकारी गराएको हो ।

टेलिकमले अफरको रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ । अनलिमिटेड डे डाटा प्याक अफर ३९ रुपियाँमा उपलब्ध गराउने भएको छ । उक्त डाटा प्याकको स्पिड १ एमबीपीएससम्म हुनेछ । यो अफर २४ घण्टासम्म चलाउन पाइने छ ।

दैनिक रुपमा एक पटक प्याक खरिद गरी बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म डाटा प्रयोग गर्न पाउने जनाएको छ । मोबाइलमा रिचार्ज गर्दा बोनस डाटा उपलब्ध गराउने समेत जनाएको छ । दुई सय देखि ४९९ रुपैयाँसम्म रिचार्ज गर्दा ५०० एमबी डाटा उपलब्ध गराउने टेलिकमले जनाएको छ । उक्त डाटा २ दिनभित्र प्रयोग गर्न पर्ने समयसीमा तोकेको छ ।

यसै गरी ५०० वा सोभन्दा बढी रकम रिचार्ज गर्दा १०२४ एमबी डाटा उपलब्ध गराइनेछ र उक्त डाटा ४ दिनभित्र प्रयोग गरी सक्नु पर्ने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिनुभयो ।

प्रतिकृया दिनुहोस्