
खेमराज शर्मा
डाेरी तुइनकाे छिन्दा टुक्रिन्छन् भावनाहरु ।
भत्कन्छन् मित्रता गारा ढल्दछन् भावका तरु ।।
महाकाली बनी छाती उर्लन्छ क्राेधले कति !
सक्ला र दुष्टले छिन्न ? ‘काली’भै बाटिएपछि ।।
चुँडाली भावकाे डाेरी हानी अक्करमा कति !
के गर्छस् दम्भ ए लण्ठू ! माेटाे छु म खुबै भनी ।।
तँ खुसी हुनकालागि म मरी दिनु पर्छ रे ।
उर्लँदाे भेलका बीच म झरी दिनु पर्छ रे !
हात्तीकाे चिन्तनै बाेकी कति सम्म रमाउने!
ज्युँदाे छ कमिलाे बुझ्नु पापी नाक समाउने ।।
अहंकार कती गर्छस् भुँडी ठुलाे भयाे भनी ।
अायु भकुण्डकाे घट्छ धेरै ठुलाे भएपनि ।।
हाम्रा शासककाे निर्धाे लाचारीपनले गरी ।
छिमेकी दम्भले थिच्छ हामीलाई घरीघरी ।।
चुँडाल्नु पर्छ है हामी असमान कुरा जति ।
कुहिनाे निल्छ पापीले औंलो चुस्न दिएपछि ।।
स्वाभिमान सरी हुन्न छातीकाे पनि धड्कन ।
सकिन्छ सहन सप्पै ,सकिन्न अपमान त ।।
चुँडालाैं झेलकाे नाता चुँडालाैं दम्भकाे रसी ।
अाधापेट बरु खाऔं ,नझुकाैं पाउमा पसी ।।