News Portal

हरि गिरी बिमर्शी र स्मिता दाहालको “हो हो नि माया” लोकप्रिय बन्दै

फरकपोस्ट संवाददातामाघ ६ काठमाडौं
११५९ पटक
माघ ६ काठमाडौं

पछिल्लो समय नेपाली लोक दोहोरी गीत संगीतमा फरक धार निर्माण गर्न लागिपरेका गायक एवम् सर्जक हरि गिरी बिमर्शीको नयाँ गीत “हो हो नि माया” को चर्चा यतिबेला खुब चुलिएको छ ।सार्वजनिक भएको केही दिनमै उक्त गीतको सर्वाधिक टिकट्क बन्न सफल भएको छ भने युटुबमा पनि उत्तिकै दर्शकको माया बटुली रहेको छ ।

एक पछी अर्को क्रमशः फरक एवम् लोकप्रिय सृजना दर्शक श्रोताका निम्ति पस्किरहेका गायक, बिमर्शीले दोहोरीमा फरक धार स्थापित गर्न लागिरहेको उनले जन्माएका सृजनाबाट सहजै मूल्यांकन गर्न सकिन्छ । कलाकार बिमर्शीको चर्चा पनि निकै चुलिएको छ ।

नेता पुष्पकमल दाहाल प्रचण्डका नातिनी स्मिता दाहाल र बिमर्शीको स्वर रहेको छ भने शब्द/सङ्गीत बिमर्शी कै रहेको छ । एचबीएन किस्मत को सङ्गीत संयोजन रहेको यस गीतको रेकर्डिङ वान डिबी रेकर्डिङ स्टुडियोमा गरिएको हो ।

सुरेन्द्र बसेल को कोरियोग्राफी एवं निर्देशन रहेको म्युजिक भिडियोको बुद्द लामाको छायांकन गरेका हुन । म्युजिक भिडियोमा सागर लम्साल ‘बले’ र अदिती हमाल ठकुरी साथै सुमन ज्योती न्याैपाने को सशक्त नृत्य रहेको छ ।

म्युजिक भिडियो बले इन्टरटेन्मेन्ट युटुब च्यानल बाट सार्वजनिक गरिएको छ । हामीले समाचार तयार पार्दासम्म गीतले युटुबमा साढे एघार लाख दर्शक कमाइ सकेको छ ।

कलाकार बिमर्शीको यस अघि “ओई भन्यो मायाले झ्यालबाट”  “आएन चाइनाको रेल”  “भन्डारीको गोठ”  लगायतका गीतहरू पनि सर्वाधिक लोकप्रिय बनिसकेका छन । उनको थप सांगीतिक उन्नति प्रगतिको कामना गर्दछौं ।

हेर्नुहोस पूरा भिडियो:

प्रतिकृया दिनुहोस्