
नारायण रायमाझी निर्देशित बहु-प्रतीक्षित चलचित्र ‘परदेशी-२’ मा समावेश गरिएकाे गीत ‘के वर मागी फर्क्यौं’ बोलको गीत सार्वजनिक भएकाे छ । सोमबार पत्रकार सम्मेलन गर्दै प्रकाश सपुत र केकी अधिकारीकाे मुख्य भूमिका रहेकाे ‘परदेशी २’ को पहिलो गीत सार्वजनिक गरिएको हो ।
गीतकाे भिडियो :
गीतमा रमेश पौडेलको शब्द, संगीत नारायण रायमाझीको रहेकाे छ । गीतमा स्वर निशान भट्टराईले दिएका छन । भिडियोमा रामजी लामिछानेकाे कोरियोग्राफी, मानकृष्ण महर्जनको छायाँकन, दिर्घ खड्काे सम्पादन र राजेन्द्र माेक्तानकाे कलर रहेकाे छ । नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ दशैंमा प्रदर्शन हुँदैछ । चलचित्रमा प्रकाश र केकीसँगै दीलिप रायमाझी, प्रशान्त तामाङ र बर्षा सिवाकोटीको अभिनय रहेकाे छ ।
रमेश विजीको कथा र पटकथा रहेको चलचित्रलाई राजेश वंशल र नारायण रायमाझीले निर्माण गरेका हुन् । वंशल र रायमाझी मिलेर यसअगाडी निर्माण भएका चलचित्र ‘गोर्खा पल्टन’ र ‘परदेशी’ सुपरहिट भइसकेका छन् ।
गीतकाे एरेन्ज साउण्ड डिजाइन तथा मिक्सिङ्ग श्यामश्वेत रसाइलीले गरेका छन ।
टिजर