
हिन्दु नेपाली नारीहरुका महान पर्व तीजकाे अवसर पारेर बरिष्ठ लाेक दाेहाेरी सर्जक एवं गायक भगवान भण्डारीको सृजनामा नयाँ तीज गीत ‘बुट्टे सारी’ सार्वजनिक भएकाे छ । गीतमा सर्जक भण्डारीका धर्मपत्नि सुमधुर स्वरकी धनी गायिका निर्मला भण्डारीको आवाज रहेकाे छ । गीतमा शब्द तथा संगीत भगवान भण्डारीकै रहेकाे छ । गीतमा विनाेद बाजुरालीले गीतकाे संगीत संयाेजन गरेका छन ।
नेपाली लाेक तथा दाेहाेरी गीत संगीतकाे जगतमा सृजनाका माध्यबाट महत्वपूर्ण याेगदान दिदै आएका सर्जक भण्डारी सपरिवार अहिले अमेरिकामा बस्दै आएका छन । खास तीज विषयवस्तु र मौलिकतालाई मुख्य विन्दुमा राखेर सृजना गरिएकाे यस गीतले साच्चिकै तीज गीतकाे झल्काे मेटाउछ ।
म्युजिक भिडियाेमा गीता ढुंगाना,निक्स शर्मा र श्रीयता केसीकाे नृत्य एवं अभिनय देख्न सकिन्छ । प्रकाश भट्टको निर्देशन रहेको यस म्युजिक भिडियाेकाे सम्पादन बिष्णु शर्माले गरेका हुन्।
हेरौ भिडियो :