News Portal

डर भएछ कि क्या हो : गजल

वीरेन्द्र प्रसाद जोशी, बझाङ माघ १२ काठमाडौँ
३२९ पटक
माघ १२ काठमाडौँ

हाँगालाई भाँचिने डर भएछ कि क्या हो
जिन्दगी टेकोको भर भएछ कि क्या हो

आजभोलि न खुसी हुन्छ न दुखी हुन्छ
यो मन साच्चै पत्थर भएछ कि क्या हो

यहि आँगन भएर जान्छ फेरि फर्किदैन
यो नदि बढेर सागर भएछ कि क्या हो

नपिएरै चुरोट सास फेर्न कठिन हुँदै छ
मायाले मुटुमा असर भएछ कि क्या हो

दौरा सुरुवाल छोडेर, ढाका टोपी छोडेर
मेरो गाउँ पनि सहर भएछ कि क्या हो

माला लिएर आएका रहेछन् दुश्मनहरु
मृत्यु पश्चात् त कदर भएछ कि क्या हो

प्रतिकृया दिनुहोस्