News Portal

लोकप्रिय गायक खेम सेञ्चुरी र अनिता चलाउनेको तीज गीत “यस्तै हो संसार”

फरकपोस्ट संवाददातासाउन २८ काठमाडौं
१०४७ पटक
साउन २८ काठमाडौं

लोक प्रिय गायक एवम सर्जक खेम सेञ्चुरी र गायिका अनिता चलाउनेको नयाँ तीज यस्तै हो संसार नामक तीज गीत बजारमा आएको छ । निकै प्रतिक्षामा रहेको उक्त गीत बुधबार सार्वजनिक भएको हो ।

सार्वजनिक भएको केही समयमै गीतले चर्चा बटुल्न सुरु गरेको छ । हामीले समाचार तयार पार्दासम्म युट्युवमा दुई खाल पटक हेरिएको छ ।

चर्चित गीतकार नेत्र अर्यालको शब्द तथा खेम सेञ्चुरीको संगीत र आवाज रहेको गीतमा महिलाको आवाज अनिता चलाउनेको रहेको छ । उनीहरुलाई सामुहिक आवाजमा भने रुपी सिञ्जाली मगर र प्रेम रानामगरले साथ दिएका छन् । प्रिज्म रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको म्युजिक एरेन्ज कृष्ण बिकले गरेका हुन भने मिक्सिङ श्यामश्वेत रसाइलीले गरेका छन ।

गीत खेम सेञ्चुरीको अफिसियल युट्युव च्यानलबाट सार्वजनिक भएको हो । उक्त गीतको म्युजिक भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् । गीतमा नायक पल शाह, नायिका वर्षा राउत, मोडल अञ्जली अधिकारी र दुर्गेश थापालाई फिचरिङ गरिएको छ । भिडियोको छायांकन नबराज उप्रेतीले गरेका हुन् भने सम्पादन बिष्णु शर्माले गरेका छन् ।

सोचे झै जिन्दगी रैनछ को भाग दुईको रुपमा हेरिएको यस गीतले सबै मन जितोस हम्रो तर्फबाट शुभकामना ।

प्रतिकृया दिनुहोस्