News Portal

कस्तुप पन्त र सुनिता बुढाकाे “पानी दाेभानकाे” चर्चा बटुल्दै

फरकपोस्ट संवाददाता
३३१ पटक

लोकप्रिय सर्जक कस्तुप पन्तकाे नयाँ लाेकदाेहाेरी गीत “पानी दाेभानकाे” सार्वजनिक भएको छाेटाे समयमा चर्चा बटुल्न सफल भएकाे छ ।

लाेकदाेहाेरी शैलीमा रेकर्डिङ गरिएको “पानी दाेभानको” गीत कस्तुप पन्तकाे आफ्नै युटुब च्यानल Kastup Panta बाट सार्वजनिक गरिएको हो ।

मायाप्रेमकाे विषयलाई माैलिक,रमाईलो र ठट्यौली पारामा संयोजन गरिएको गीतले प्रेमीहरु एकअर्का बीचमा अद्भुत प्रेम भएतापनि नजरले मात्रै झटाराे हानेर सताइरहेकाे तर अब सम्बन्धलाई टुङ्गाेमा पुर्याउनुपर्ने भावलाई गज्जबले उठान गरेकाे छ । युगल जोडिहरुलाई मन मुटु खोल्ने र घरजम बसाउन बिश्वासको वातावरण सिर्जना गर्ने काम गितले गरेकाे हुनाले पनि टिकटकमा अत्यधिक रुपमा मन पराइएकाे छ । गित सार्वजनिक भएकाे चार दिन मात्र हुँदा टिकटकमा हजाराै‌ प्रयाेगकर्ताले अभिनय गर्दै भिडियाे बनाएका छन भने युटुवमा पनि सवालाख भन्दा धेरैपटक हेरिएकाे छ ।

“पानी दाेभानकाे” गीतमा गायक तथा सर्जक कस्तुप पन्त र सुनिता बुढा क्षेत्रीले आवाज भरेका छन ।

पन्त स्वयमको शब्द संयोजन रहेको गीतमा संगीत समेत आँफैले भरेका छन भने रमेश सेन्चुरी संगीत एरेन्जरको रुपमा रहेका छन । मालाश्री रेकर्डिङमा रेकर्ड गरिएको गीतमा मिक्सिङ खडक बाजुरालीले गरेका छन भने भिडियो निर्देशन काजिस श्रेष्ठकाे रहेको छ । गितको अडियाे तथा भिडियाे निर्माण सारथी म्युजिकले तयार पारेकाे हाे ।

लोमस शर्मा,जुनु एसडि लगायतले अभिनय मार्फत “पानी दाेभानकाे”गीतको भावलाई न्याय दिन सफल भएका छन । गीतमा सिनेमाटोग्राफर अजय रेग्मी रहेका छन भने दिपक बिष्टले सम्पादन गरेको गीतको सर्वाधिकार सारथी म्युजिकमा रहेकाे छ।

प्रतिकृया दिनुहोस्