News Portal

किसानको कृषि फर्ममा वडा अध्यक्ष श्रेष्ठ

गन बहादुर पेस्तोलचैत १२ प्युठान
९६५ पटक
चैत १२ प्युठान

प्युठानको प्युठान नगरपालिका ३ का वडा अध्यक्ष सुमनराज श्रेष्ठ किसानको कृषि फर्ममै पुगेर कृषकहरु सङ्ग भेटघाट तथा छलफल गरेका छन।

प्युठान नगरपालिका ३ सापडाडा आसपासका अगुवा कृषकका प्रतिनिधिहरु संग भेटघाट गर्दै कृषि फर्मलाइ थप बिकास गरि ब्याबसायिकरण गर्न वडा अध्यक्ष सुमनराज श्रेष्ठले सुझाब र हौसला दिएका छन।

कृषिलाई नै मुख्य पेशाका रुपमा अंगालि समाजमा सकारात्मक सन्देश दिएको देख्दा अध्य श्रेष्ठले कृषक हरुसङ्ग खुशी व्यक्त गरे।

अध्य श्रेष्ठले अहिले बिजयनगर संगै नगरपालिकाका किसानहरुलाइ आत्मनिर्भर र ब्याबसायिकरण संगै नया किसानहरु उत्पादन गर्ने दिगो अभियानमा नगरपालिका लागि परेको समेत बताए।

प्रतिकृया दिनुहोस्