News Portal

प्यूठानमा पहिलोपटक माैसम मापन यन्त्रको जडान गरियो

अब यहाँको वर्षा र हावाको गति एकैसाथ मापन गर्न सकिने

राजेन्द्र रावत क्षेत्री जेठ २९ काठमाडौं
९७२ पटक
जेठ २९ काठमाडौं

प्यूठानमा पहिलो पटक मौसम मापन यन्त्रको जडान गरिएको छ । यन्त्र मार्फत यहाँको माैसम मापन गर्न सकिनेछ । माण्डवी गाँउपालिका वडा नं. २ रातापानीमा स्मार्ट कृषि गाँउ कार्यक्रम अन्तरगत यन्त्रको जडान गरिएको छ ।

टेक्नोलोजी फर इनर्जी इन्भाइरोमेन्ट प्राइभेट लिमिटेड काठमाडौंले नेपालमै आविष्कार गरेको यस मौसम मापन यन्त्र संयूक्त राष्ट्रसंघबाट समेत पुरस्कृत भइसकेको छ ।

मौसम मापन यन्त्रले स्मार्ट कृषि गाउँ कार्यक्रम मार्फत गरिएका कृषि जन्य खेतीहरुको स्तरिय उत्पादनमा महत्वपुर्ण सहयोग पुग्ने स्मार्ट कृषि गाउँ कार्यक्रम रातापानीका अध्यक्ष नारायण प्रसाद अधिकारीले बताए ।

माैसम मापन यन्त्रबाट त्यस ठाउँको प्रत्येक घण्टाको तापक्रम, हावाको गति, दिशा, हावामा पानीको मात्रा र वर्षा मापन सम्बन्धि जानकारी प्राप्त गर्न सकिने  प्राविधिक भिम काफ्लेले जानकारी दिए ।

रातापानी स्थित वडा कार्यालय भवनको छतमा माैसम मापन यन्त्र जडान गरेर राखिएको छ ।

आइतबार बिहान जडान गरिएको यन्त्रले समाचार तयार पार्दासम्म त्यहाँको तापक्रम ३३.७ डिग्री सेल्सियस, हावामा पानीको मात्रा ५० प्रतिशत , हावाको गति १ प्रति घण्टा, वर्षा शुन्य मिलिलिटर र दिशा ३१० एङ्गल मा रेकर्ड भएको वडा कार्यालय रातापानीका प्राविधिक यज्ञ खड्का ले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्