फरकपोस्ट संवाददाताजेठ ३१ काठमाडौं

काठमाडौं जिल्ला अदालतको अगाडि प्रदर्शन गरिरहेका विप्लव नेकपानिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीका १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
बुधबार संगठनका अध्यक्ष प्रकाश शाहीसहित १२ जनालाई अदालतकाे गेटबाहिरबाट प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।
नक्कली भुटानी शरणार्थी प्रकरण र भ्रष्टाचारको विरुद्धमा संगठनले काठमाडौँ जिल्ला अदालतअगाडि प्रदर्शन गरेको थियो ।